लोड हुँदैछ...

मेनु

सुनसरी–१ मा मनोज भट्टराईलाई बसोबास बस्ती संरक्षण समाजको समर्थन

सुनसरी–१ मा मनोज भट्टराईलाई बसोबास बस्ती संरक्षण समाजको समर्थन

धरान । नेपाल बसोबास बस्ती संरक्षण समाजले आसन्न निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार मनोज भट्टराईलाई समर्थन र सहयोग गर्ने घोषणा गरेको छ।

धरानमा पत्रकार सम्मेलन गरि समाजका सुनसरी अध्यक्ष थाम्सेर लिम्बुले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रतिबद्धता विश्वासयोग्य रहेकोले भट्टराईलाई समर्थन गर्ने निर्णय गरेको बताए ।

लिम्बुले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेका बेला सुकुम्वासी आयोग गठन भई घर नम्बर वितरण तथा लालपुर्जा वितरण प्रक्रिया सुरु भएको उल्लेख गर्दै सुकुम्वासी व्यवस्थापनमा नेकपाले ऐतिहासिक पहल गरेको बताए। समाजले जारी गरेको विज्ञप्तिमा सुनसरी–१ क्षेत्रमा करिब १४ हजार घरपरिवार भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी रहेको उल्लेख गर्दै उनीहरूलाई मनोज भट्टराईलाई मतदान गर्न आह्वान गरिएको छ ।

विज्ञप्तिमा संरक्षण समाज सुनसरी अध्यक्ष थाम्सेर लिम्बु र धरान नगर अध्यक्ष आइतबहादुर लिम्बुको हस्ताक्षर रहेको छ। यसैबीच समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले छुट्टै विज्ञप्ति जारी गर्दै देशव्यापी रूपमा नेकपाका उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गरेका छन्।

विज्ञप्तिमा प्रजातन्त्र स्थापनापछि ७ वटा निर्वाचन, ३३ सरकार र १९ सुकुम्वासी आयोग बने पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको उल्लेख गर्दै अब ‘फास्ट ट्र्याक’ प्रक्रियाबाट बसोबासका आधारमा लालपुर्जा वितरण गर्ने स्पष्ट नीति निर्माण गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।