लोड हुँदैछ...

मेनु

ट्रक र मोटरसाइकल ठोक्किँदा मृत्यु

ट्रक र मोटरसाइकल ठोक्किँदा मृत्यु

इलाम । मेची राजमार्ग अन्तर्गत सूर्योदय नगरपालिका–७, कन्याममा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा झापा बिर्तामोड–५ का ५० वर्षीय मनोज चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झापाबाट इलामतर्फ आउँदै गरेको प्र १–०१–०१८ प १५२० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रक एकआपसमा जुध्दा दुर्घटना भएको हो । मोटरसाइकलको पछाडि सवार रहेका चौधरीलाई ट्रकको पछाडिको चक्काले किचेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय इलाम का सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मी भण्डारीका अनुसार मोटरसाइकल बिर्तामोड–५ का ३१ वर्षीय तिङ्कु साहुले चलाइरहेका थिए। दुर्घटनामा घाइते भएका साहुको फिक्कल अस्पतालमा उपचार भइरहेको छ।

ट्रक चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ का ३० वर्षीय हरिनारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।