लोड हुँदैछ...

मेनु

पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २४ घाइते

पोखराबाट काठमाडौं जाँदै गरेको बस त्रिशूलीमा खस्यो, १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं । पोखराबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुवाहक बस मध्यराति त्रिसुली नदी किनारमा दुर्घटना भएको छ । बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

राति करिब साढे १ बजेतिर धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडामा ग १ ख १४२१ नम्बर यात्रुबाहक बस दुर्घटना भएको थियो ।बसमा ४६ यात्रु रहेको अनुमान गरिएको छ ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो ।

यस्तै घाइते २४ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । घाइते तथा मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।