लोड हुँदैछ...

मेनु

भैरहवापछि रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

भैरहवापछि रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

विराटनगर । भैरहवापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पोखरामा आयोजना गरिएको चुनावी सभाको कार्यक्रम पनि स्थगित भएको छ ।

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले गर्ने भनिएको सम्बोधन स्थगित भएको जानकारी दिइन् ।

भैरहवामा शनिबार र आइतबार पोखरामा सम्बोधन कार्यक्रम राखिएको थियो । अन्तिम समयमा आएर दुवै ठाउँमा गर्ने भनिएको कार्यक्रम स्थगित भएको हो ।

पछिल्लो समय देशका विभिन्न भागमा रास्वपा र नेकपा एमालेका कार्यकर्ताहरुबीच तनाव बढ्दै गएको छ । दाङमा रास्वपा कार्यकर्ताहरुले नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डामा आगो लगाएपछि विवाद अन्यत्र पनि बढ्न थालेको छ । सोही विवादका कारण बिहीबार सुनसरीको इटहरीमा पनि दुई दलका कार्यकर्ताबिच असामान्य वातावरण बनेको थियो । बढ्दो तनावका कारण रास्वपाले चुनावी सभाहरु स्थगित गर्न थालेको छ । यसले निर्वाचन सुरक्षाप्रति नै प्रश्न उठ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।