लोड हुँदैछ...

मेनु

एमाले सुनसरीका जिल्ला सदस्य गणेश वि.क.द्वारा राजीनामा

एमाले सुनसरीका जिल्ला सदस्य गणेश वि.क.द्वारा राजीनामा

सुनसरी । नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्य गणेश वि.क.ले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन्। लामो समयदेखि एमालेमा सक्रिय रहँदै आएका वि.क.ले पार्टीको पछिल्लो राजनीतिक कार्यदिशा र नेतृत्वको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिएका हुन् ।

जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाइएको राजीनामा पत्रमा वि.क.ले पार्टीले पछिल्लो समय लिएका कतिपय निर्णय र नेतृत्वको कार्यशैली देश र जनताको हितमा नरहेको उल्लेख गरेका छन् । ‘पार्टीले लिएको राजनीतिक कार्यदिशा र मुख्य नेतृत्वले खेलेको भूमिका देश र जनताको पक्षमा नरहेको ठहर गर्दै, कार्यरत पार्टी जिल्ला कमिटी सुनसरी र पार्टीको साधारण सदस्य समेत नरहने गरी आजकै मितिबाट लागू हुने गरी राजीनामा दिएको छु,’ उनले लेखेका छन् ।

जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमलाई मुख्य कारणका रूपमा औंल्याएका छन्। वि.क.ले राजीनामाको बोधार्थ नेकपा (एमाले) कोशी प्रदेश कमिटीलाई समेत पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।