लोड हुँदैछ...

मेनु

भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा २४ घाइते

भोजपुरमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा २४ घाइते

विराटनगर । भोजपुरमा निर्वाचन सुरक्षाको लागि परिचालित नेपाली सेनाको टोली चढेको बस दुर्घटना भएको छ ।

बेस क्याम्प स्थापनाका लागि टेम्केमैयुङ गएको
श्रीनाथ गणको टोली सवार ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका ४ दावाँस्थित सेती बगरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजु लामाले जानकारी दिए । बसमा जम्मा २६ जना सवार थिए ।

दुर्घटनामा घाइते भएकाकमध्ये ९ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लैजान २ वटा हेलिकप्टर मगाइएको छ । बाँकीको अवस्था सामान्य रहेको र भोजपुर अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट ५ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds