लोड हुँदैछ...

मेनु

भोजपुरमा प्रदेश सरकारले बनायो ३० वटा पुल

भोजपुरमा प्रदेश सरकारले बनायो ३० वटा पुल

भोजपुर । मुलुकमा संघीयता आएपछि भोजपुर जिल्लामा कोशी प्रदेश सरकारको लगानीमा विभिन्न स्थानमा ३० वटा पुल निर्माण भएको छ ।

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीका अनुसार १३ वटा पक्की तथा १७ वटा झोलुङ्गे पुल निर्माण भएको हो ।

कार्यालयका अनुसार पिखुवा खोलामा ७ करोड ५० लाख, आरीखोलामा ३ करोड, वेहेरे खोलामा ३ करोड ५० लाख, खाल्डे पिखुवा खोलामा २ करोड ५० लाख, राउते खोलामा ३ करोड ५० लाख, कावाखोलामा ७ करोड ५० लाख र श्यामखोलामा ३ करोड ४२ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण गरिएको छ। त्यसैगरी बङ्खुवा खोलामा २ करोड २५ लाख, गङ्खुवा खोलामा ४ करोड ५० लाख, सिक्तेल खोलामा ४ करोड, एखुवा खोलामा ६ करोड ६० लाख तथा चिरखुवा खोलामा ५ करोड ६३ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएका छन्।

यस्तै तामुटारमा ६ करोड ३५ लाख रुपैयाँ लागतमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ। पुल निर्माणले स्थानीयलाई धेरै सहजता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।