लोड हुँदैछ...

मेनु

बालेन काठमाडौं जान विराटनगरमा, रास्वपाका कार्यकर्ताले झापा छाडेको पत्तै पाएनन् !

बालेन काठमाडौं जान विराटनगरमा, रास्वपाका कार्यकर्ताले झापा छाडेको पत्तै पाएनन् !

विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा ५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का वरिष्ठ नेता बालेन शाह काठमाडौँ हिँडेका छन् ।

मंगलबार बिहान एक घण्टा आफ्नो निर्वाचन क्षेत्रमा मतदाता भेटघाटपछि स्थानीय कार्यकर्तालाई कुनै जानकारी नदिई काठमाडौँ जान उनी विराटनगर आइपुगेका छन् ।

बालेन विराटनगर विमानस्थल नजिकैको एक होटलमा विमान पर्खिरहेका छन् । बालेन झापाबाट काठमाडौंको लागि हिँँडेको झापाका रास्वपा कार्यकर्ताले भने कुनै जानकारी नै नपाएको बुझिएको छ । झापा–५ का रास्पपा संयोजक भेषराज भट्टराईले बालेन काठमाडौँ फर्किनेबारे जानकारी नभएको बताए ।

‘उहाँ काठमाडौँ फर्किने कुरै थिएन, काठमाडौँ जानु भएको हो ?’ उनले उल्टै प्रश्न गरे । काठमाडौं जानेबारे आफूहरुलाई कुनै जानकारी नदिएको उनकोक भनाइ छ । मंगलबार विहान दमकको चिया बगान क्षेत्रका सकुम्बासी बस्तीमा पुगेका उनी त्यहिँँबाट विराटनगर आइपुगेका हुन् ।

सोमबार दिनभर झापा क्षेत्र नम्बर ५ का विभिन्न ठाउँमा पुगेका बालेनलाई स्थानीय मतदाताले भूमिहीन तथा सुकुमवासी समस्या, शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधारका विषयमा कुरा राखेका थिए। यसअघि चुपचाप हात हल्लाउँदै हिँड्ने गरेका उनलाई मतदाताले लागातार प्रश्न गर्न थालेपछि भने बोल्न थालेका छन् ।

सुकुम्बासी बस्तीमा पुगेका उनलाई स्थानाीयले धनीपूर्जा कहिले पाइन्छ भन्ने प्रश्न गरेका थिए । यसअघि सरकारले भुमी आयोगलाई भर्तिकेन्द्र बनाउँदा सकुमबासी समस्या समाधान नभएको बताउँदै आएका उनले दमककाक सुकुम्बासीलाई भने सुकुम्बासी समस्या समाधान गर्न समय लाग्ने बताए ।

‘धनीपुर्जा दिलाउनको लागि भूमि आयोगसँग महानगरको मेयरमा जाने बेलैमा हामीले सम्झौता गरेका थियौँ। ३ महिनाभित्र हामीले सम्झौता गरिसकेका थियौँ। तर सरकार तीन–तीन र छ–छ महिनामा परिवर्तन भइरहने भएकोले काम हुन पाएन’ उनले भने ।

काठमाडौँमा सुकुम्वासीहरूलाई लखेटेको आरोप खेपेका बालेनलाई त्यसबारे पनि झापा ५ का मतदातलो प्रश्न गरेका छन् । उनले सुकुमबासी नलखेटेको दावी गर्दै खोला किनारमा जोखिम हुने भएकोले उनीहरुलाई हटाएको जवाफ दिएका थिए । तर, हटाएर उनीहरुलाई कहाँ व्यवस्थापन गरियो भन्ने उनले जवाफ दिएनन् ।

झापाकै अर्का मतदातले बालेनले वैदेशिक चलखेलबारे प्रश्न गरेका थिए । उनले आफू मेयर हुँदा पनि बैदेशिक चलखेल भोगेको बताउँदै त्यहि कारण काठमाडौंको फोहोरको समस्या समाधान गर्न नसकेको हाँस्यास्पद जवाफ दिएका थिए । आफ्नो कमजोरी ढाकछोप गर्न वैदेशिक चलखेलको कुरा गरेको भन्दै उनको आलोचना हुँदै आएको छ ।

सरकार बनाउँदा अन्तर्राष्ट्रिय चलखेल हुनसक्छ, तपाईँको योजना के छ ? भन्दै मतदाताले सोधेको प्रश्नमा उनले भने, ‘अन्तर्राष्ट्रिय चलखेल महानगरमा कुन हदसम्मको थियो भनेर तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न । उदाहरणको लागि काठमाडौंको फोहोर व्यवस्थापनसमेत चलखेल हुन्थ्यो । मेयर बन्नु प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन ।’

आफ्नो घरमा आएका बोलनलाई एक महिला मतदाताले प्रश्न गरिन्, ‘हाम्रो पनि कुरा सुन्नुस्, हाम्रो पनि समस्या सुन्नुस्, तपाईँले बोल्नु पर्छ, हामी तपाईँको जवाफ खोजी रहेका छौँ।’ त्यसपछि बालेनले आफ्नो मुख्य नीति सुनाए। ‘हाम्रो मुख्य नीति पैसा नहुनेले शिक्षा र स्वास्थ्य पाउनुपर्छ र पैसा हुनेले व्यापार–व्यवसाय र रोजगारी गर्न पाउनु पर्छ भन्ने हो,’ उनले भने।

बालेन मिडियाको भने फेस गरेका छैनन् । लागतार मतदाताको प्रश्न सामना गर्नुपरेपछि उनी त्यसबाट भागेर हिँड्ने अवस्थामा भने छैनन् । मतदाताले र्‍याखर्‍याखती पार्न थालेपछि उनले प्रश्नहरूको जवाफ दिन थालेका छन्।

बालेन एक हप्ता लामो मधेस र बागमती प्रदेशको भ्रमणपछि आइतबार झापा ५ मा फर्किएका थिए। उनी दुई दिन बसेर फेरि काठमाडौं फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।