लोड हुँदैछ...

मेनु

लागूऔषध मुद्दा मिलाइदिन्छु भन्दै २ लाख ठगी गर्ने पक्राउ

लागूऔषध मुद्दा मिलाइदिन्छु भन्दै २ लाख ठगी गर्ने पक्राउ

विराटनगर । लागूऔषध मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका–६ निवासी ३५ वर्षीय छवी शर्मा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय पथरीको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी हरिनन्दन चौधरीका अनुसार शर्माले लागूऔषध मुद्दामा फसेका व्यक्तिलाई कानूनी झमेलाबाट मुक्त गराइदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेका शर्माविरुद्ध ुठगी तथा आपराधिक लाभ सम्बन्धी कसूरमा मुद्दा चलाउन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी चौधरीले जानकारी दिए । प्रहरीले यस्ता प्रलोभनमा नपर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds