विराटनगर । नेकपा (एमाले) सुनसरीले इटहरी उपमहानगरपालिका १७ का वडाअध्यक्ष प्रभात आचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी निर्णय र नीति विपरीत कार्य गरेको भन्दै जिल्ला कमिटी सदस्य एवं इटहरी उपमहानगरपालिका वडा नं. १७ का निर्वाचित वडाअध्यक्ष आचार्यलाई पार्टीबाट निष्कासन गरिएको हो ।
पटक–पटक सचेत रहन आग्रह गर्दा समेत अटेर गरेको र पार्टी नीति एवं नेतृत्वको विरुद्धमा गतिविधि जारी राखेकोले कार्वाही गरेको एमालेले जनाएको छ ।
आचार्यका छोरा आदित्य आचार्य सुनसरी २ मा फागुन २१ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका छन् ।
आचार्यले छोराका लागि मत मागेको र पार्टीकाविरुद्ध अभिव्यक्ति दिएको एमालेको आरोप छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।