लोड हुँदैछ...

मेनु

सुनसरी–२ मा उज्यालो नेपालका गोपाल तामाङको घरदैलो

सुनसरी–२ मा उज्यालो नेपालका गोपाल तामाङको घरदैलो

सुनसरी। आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सुनसरी निर्वाचन क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । विभिन्न राजनीतिक दलहरूले घरदैलो तथा भेटघाट कार्यक्रम सक्रिय रूपमा सुरु गरेका छन्। गत निर्वाचनमा नेकपा एमालेका भीम आचार्य विजयी भएका यस क्षेत्रको राजनीतिक वातावरण भने यसपटक उल्लेख्य रूपमा बदलिएको छ ।

गत भदौको जेन्जी आन्दोलनले एमाले, कांग्रेस लगायत पुराना दलहरुमा गहिरो प्रभाव परेसंगै उनीहरु गत निर्वाचनहरुमा जसरी खुलेर प्रचार प्रसार गर्न सकिरहेका छैनन् । यहि अवस्थामा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट सुनसरी क्षेत्र नं. २ मा उम्मेद्वार बनेका २७ वर्षीय युवा गोपाल तामाङले भने आफ्नो घरदैलो कार्यक्रमलाई तीब्र बनाएको बताएका छन् ।

केहि दिन अघि कुलमान घसिङलाई इटहरीमा भव्य स्वागत गरेर आफ्नो प्रभाव देखाएका गोपाल तामाङ इटहरीमा युवाहरुमाझ लोकप्रिय छन् । उनले अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन सकेका छन भने कानुनमा स्नातक अन्तिम वर्ष अध्ययरत छन् । अध्यापन पेशामा रहेका उनी रेडक्रसको सदस्य, सरस्वती सामुदायिक वन उपभोक्ता समूह, रकी फुटबल क्लब र उर्गेन छ्योलिङ गुम्बाको सल्लाहकार पनि रहेका छन् ।

यस क्षेत्रमा शहरी तथा शिक्षित जनमत धेरै रहेकोले यस निर्वाचनमा उम्मेद्वारको योग्यता हेरेर मतदान हुने र त्यसका लागि अरु कुनै पनि उम्मेद्वार भन्दा आफु योग्य रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।