लोड हुँदैछ...

मेनु

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट,आज कति छ त मूल्य ?

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट,आज कति छ त मूल्य ?

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५ हजार रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन अर्थात् बिहीबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।

यस साताको बजार मूल्यको उतारचढाव हेर्दा बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ र चाँदी ५ हजार २९० रुपैयाँ कायम भएको थियो। त्यस्तै, गत मङ्गलबार प्रतितोला सुन ३ लाख ५ हजार ५०० रुपैयाँ र चाँदी ५ हजार २४० रुपैयाँमा कारोबार भएको थियो। साताको सुरुवाती दिन सोमबार भने एक तोला सुन ३ लाख ४ हजार ६०० रुपैयाँ र चाँदी ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भइरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन ५ हजार ६५ अमेरिकी डलर र प्रतिऔंस चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

नेपाली बजारमा अन्तर्राष्ट्रिय बजारको मूल्य र डलरको विनिमय दरका आधारमा दैनिक मूल्य निर्धारण हुने गर्दछ। आजको गिरावटसँगै सुन प्रतितोला ३ हजार रुपैयाँ र चाँदी प्रतितोला ३४० रुपैयाँले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।