लोड हुँदैछ...

मेनु

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पाथीभराको दर्शन, निर्वाचन सफलताको कामना

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पाथीभराको दर्शन, निर्वाचन सफलताको कामना

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको दर्शन एवं पूजाआजा गरेकी छन्। आसन्न निर्वाचनको तयारी र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन ताप्लेजुङ पुगेकी प्रधानमन्त्री कार्कीले आफ्नो भ्रमणको सुरुवात धार्मिक अनुष्ठानबाट गरेकी हुन्।

पाथीभराको दर्शनपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत निर्वाचनको सफलताका लागि कामना गरेकी छन्। उनले लेखेकी छन्, ‘फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुवात। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।’

जिल्लाको चुनावी गतिविधि र सुरक्षा स्थितिको प्रत्यक्ष बुझ्न आएकी उनले आजै महत्वपूर्ण प्रशासनिक तथा सुरक्षा बैठकहरूमा भाग लिने कार्यक्रम छ। प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका कर्मचारीहरूसँग भेटेर तयारीका विषयमा छलफल गर्नेछिन्। निर्वाचनलाई भयरहित र व्यवस्थित बनाउन सरकारले लिएको रणनीतिका बारेमा पनि उनले अधिकारीहरूलाई निर्देशन दिने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।