लोड हुँदैछ...

मेनु

आचारसंहिता विपरित कम्बल वितरण गर्दै काँग्रेस उम्मेदवार लालवानी

आचारसंहिता विपरित कम्बल वितरण गर्दै काँग्रेस उम्मेदवार लालवानी

विराटनगर । मोरङ क्षेत्र नं. ५ मा नेपाली काँग्रेसबाट आगामी प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका फुलकुमार लालवानीले निर्वाचन आचारसंहिता उल्लंघन गर्र्दै मतदातालाई कम्बल वितरण गरेको पाइएको छ ।

धनपालथान गाउँपालिका–७ मा लालवानीले कम्बलसहितका सामाग्री वितरण गर्दै थप सामाग्री पनि उपलब्ध गराउने बताएका हुन् ।

फागुन २८ गते आगलागी भएको घरमा पुगेर लालवानीले राहत भन्दै कम्बल र अन्य सामाग्री वितरण गरेका थिए । काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालयसँगै पुगेका लालवानीले चुनाबको अगाडि मतदाता प्रभावित पार्न राहत भन्दै सामग्री वितरण गरेको आरोप लागेको छ ।

कम्बलसहितका सामग्री वितरण गरिएको भिडियो लालवानी आफैंले सार्वजनिक गरेका छन् । चुनाव आचारसंहिता लागेको बेला यसरी मतदातालाई समेत प्रभावित गर्ने गरी राहत दिनु कानुनविपरीत भएको भन्दै प्रश्न उठेको छ ।

लालवानी चुनाबी अभियानमा पुग्दा गाउँपालिकाका अध्यक्ष तथा अन्य पदाधिकारी पनि आचारसंहिता विपरित चुनाबी गतिबिधिमा संलग्न रहेको पाइएको
छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।