लोड हुँदैछ...

मेनु

नेप्से स्थिर, कारोबार रकममा सामान्य सुधार

नेप्से स्थिर, कारोबार रकममा सामान्य सुधार

विराटनगर । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार लगभग स्थिर देखिएको छ। कारोबारको पहिलो समयमा बढेको सूचक बन्द हुँदा ०.०४ अंक घटेर २६६२.१० बिन्दुमा कायम भएको हो। कारोबार सुरु हुँदा नेप्से २६६२.१४ अंकमा थियो।

यस साता आइतबार १०.२४ अंक र सोमबार २६.०५ अंक घटेको नेप्से मंगलबार १०.२५ अंकले ओरालो लागेको थियो। बुधबार भने सूचक स्थिरजस्तै रहे पनि कारोबार रकममा सामान्य सुधार आएको छ।

बुधबार १ सय ३३ कम्पनीको सेयर मूल्य घट्दा १ सय १३ कम्पनीको मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत परिसूचकतर्फ वित्त ६.३५, होटल ४७.०७, जीवन बीमा २९.३१, उत्पादनमूलक ४२.५५, लघुवित्त ३.३३, सामूहिक लगानी कोष ०.०७, अन्य ५.७६ र व्यापार ८.७७ अंकले घटेका छन्। बैंकिङ १.४९, विकास बैंक १०.१२, जलविद्युत् १६.७५, लगानी ०.०७ र निर्जीवन बीमा ९.६५ अंकले बढेका छन्।

बुधबार ३ सय २९ कम्पनीका ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। मंगलबार ३ सय २४ कम्पनीका ८९ हजार ८ सय ३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।