लोड हुँदैछ...

मेनु

महापुराणमा भक्तजनसँगै नाचे एमाले अध्यक्ष ओली

महापुराणमा भक्तजनसँगै नाचे एमाले अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शनिबार झापामा आयोजित एक धार्मिक कार्यक्रममा मज्जाले नाचेका छन्।

आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिका–१, सरङ्गपाडामा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागी हुने क्रममा ओली भक्तजनहरूसँगै नाचगानमा सरिक भएका हुन्।

खड्का परिवारद्वारा आयोजित उक्त महायज्ञमा पुगेका अध्यक्ष ओलीले नृत्य गर्नुअघि त्यहाँ उपस्थित श्रद्धालुहरूलाई सम्बोधन गरेका थिए। सम्बोधन लगत्तै भजनको तालमा उनी स्थानीयवासीसँगै छमछमी नाचेका थिए।

त्यस अघि ओली त्यहाँबाट करिब एक किलोमिटर दक्षिणमा सञ्चालित अर्को सप्ताह पुराणमा पनि सहभागी हुन पुगेका थिए। प्रतिनिधि सभा निर्वाचनको सिलसिलामा शुक्रबार साँझ झापा आइपुगेका ओली यतिबेला आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रम र मतदाता भेटघाटमा व्यस्त छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।