विराटनगर । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सुधारिएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्से परिसूचक बिहीबार भने २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंक, फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेका छन्। परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ।
अघिल्लो दिन ७ अर्ब ४९ करोडमा सीमित भएको कारोबार बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ पुगेको हो। यस दिन ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच भए।
कारोबारका क्रममा कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा पुगे। रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशतले बढ्दा घलेम्दी हाइड्रोको सेयर साढे ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो। विपरीततर्फ, सुपर मादी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेर सर्वाधिक गिरावटमा रह्यो।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहँदै ५८ करोड ७७ लाख रुपैयाँको कारोबार गर्यो। राधी विद्युत कम्पनीको कारोबार साढे ५७ करोड रुपैयाँभन्दा बढी रहँदा एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५३ करोड रुपैयाँ नाघ्यो।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढ्यो भने १ उपसमूह घट्यो। अन्य र निर्जीवन बीमा उपसमूह १.९८ प्रतिशतले सर्वाधिक बढ्दा जलविद्युत, लगानी र जीवन बीमा उपसमूह १ प्रतिशतभन्दा बढीले उक्लिए। व्यापार उपसमूह भने सामान्य घटेर बन्द भयो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।