विराटनगर । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले बढेर बन्द भएको नेप्से मंगलबार भने १२.५८ अंक घट्दै २६८३.१५ विन्दुमा झरेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स २.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंकले गिरावट देखाएको छ ।
परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । सोमबार ८ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा मंगलबार ३२२ स्टकको ९२ हजार ३३८ पटकको कारोबारमार्फत ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ८१ रुपैयाँ बढ्दै प्रतिकित्ता ८९१ रुपैयाँमा अन्तिम कारोबार भयो। त्यसैगरी एचएलआई लार्ज क्याप फण्डको इकाईमूल्य करिब १० प्रतिशतले बढ्दा मेगाल म्युचुअल फण्ड–१ को इकाईमूल्य साढे ५ प्रतिशतभन्दा बढी र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ। सान्भि इनर्जी र पियोर इनर्जीको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढी र युनियन हाइड्रोपावरको ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
बजारका १३ उपसमूहमध्ये मंगलबार ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले बढेको छ। म्युचुअल फण्ड उपसमूह १ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।