लोड हुँदैछ...

मेनु

आज फेरि महँगियो सुन, कति पुग्यो तोलाको मूल्य ?

आज फेरि महँगियो सुन, कति पुग्यो तोलाको मूल्य ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । केही दिनयता घटिरहेको सुनको मूल्य आज तोलामा ३७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।

सोमबार (हिजो)प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।

हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।