लोड हुँदैछ...

मेनु

कोशी प्रदेशको मौसम सफा रहने, पश्चिमका तीन प्रदेशमा वर्षा र हिमपात

कोशी प्रदेशको मौसम सफा रहने, पश्चिमका तीन प्रदेशमा वर्षा र हिमपात

विराटनगर । नेपालको पश्चिमी भू–भागमा कायम रहेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण गएको २४ घन्टामा मुलुकका विभिन्न भागमा छिटपुट वर्षा भएको छ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने पनि महाशाखाले जनाएको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू‍–भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।