लोड हुँदैछ...

मेनु

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

विराटनगर । आइतबार सेयर बजार ओरालो लाग्दै नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा बन्द भएको छ।

यस दिन परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बिहीबार १४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ९ अर्ब १० करोड रुपैयाँको मात्र कारोबार भएको छ ।

यसदिन ३२९ वटा धितोपत्रको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका कम्पनीमध्ये ५० कम्पनीको सेयरमूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ। ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आइतबार मिथिला लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.७० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ५५५ रुपैयाँ पुगेको छ। क्रेष्ट माइक्रोलाइफको सेयरमूल्य ८.१९ प्रतिशतले बढ्दै प्रतिकित्ता एक हजार ५६८ रुपैयाँ ७० पैसामा कारोबार भएको छ।

यता कर्पोरेट डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ७७९ रुपैयाँ ४० पैसामा झरेको छ। रावा इनर्जीको सेयरमूल्य पनि ९.३४ प्रतिशतले घटेर प्रतिकित्ता ७५७ रुपैयाँ कायम भएको छ।

कारोबार रकमको आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रह्यो। उक्त कम्पनीको प्रतिकित्ता ३२६ रुपैयाँमा ५५ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । दोस्रो सर्वाधिक कारोबार हुने कम्पनी एसवाई प्यानल रह्यो, जसको प्रतिकित्ता एक हजार ८४६ रुपैयाँमा ५३ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यसदिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.५५ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ। तीमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।