लोड हुँदैछ...

मेनु

सुनचाँदीको मूल्यमा उच्च गिरावट, सुन १८ हजार ८ सय र चाँदी १५ सय ६५ रुपैयाँले घट्यो

सुनचाँदीको मूल्यमा उच्च गिरावट, सुन १८ हजार ८ सय र चाँदी १५ सय ६५ रुपैयाँले घट्यो

विराटनगर । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला २० हजार पाँच सय रुपैयाँ घटेको सुनको भाउ आइतबार थप १८ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ३ लाख रुपैयाँमा झरेको छ।

चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ । शुक्रबार तोलामा ७ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ५ सय रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५६५ रुपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार ८९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।