लोड हुँदैछ...

मेनु

महेन्द्ररत्न क्याम्पसका स्ववियु सभापति कार्कीको निधन

महेन्द्ररत्न क्याम्पसका स्ववियु सभापति कार्कीको निधन

इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापति विशाल कार्कीको मृत्यु भएको छ।

हृदयाघातका कारण कार्कीको मृत्यु भएको बताइएको छ । उनको उपचारका क्रममा इलाम अस्पतालमा मृत्यु भएको हो।

कार्कीलाई शुक्रबार बिहान ९ बजेर ५० मिनेटमा अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्याउदा मुटुको चाल नदेखिएको अस्पतालका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

अस्पतालमा तत्काल सिपिआर सहितको आपत्कालीन उपचार प्रयास गरिए पनि उनलाई बचाउन नसकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।