काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा शुक्रबार ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला साढे २० हजार रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला २० हजार ५०० रुपैयाँले नै बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगी नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार सोही अनुपातमा घटेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ निर्धारण गरेको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ । चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।