भोजपुर । माइती नेपालको संरक्षणमा रही बुवाआमाको पहिचान हुन नसकेकी सुकुमाया गुरुङलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता उपलब्ध गराएको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जिल्ला प्रशासन कार्यालयमा गुरुङलाई नागरिकता प्रदान गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सकुमायालाई ०९–०१–८२–०३५५९ नम्बरको नागरिकताको प्रमाणपत्र दिइएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका– ६ उनको स्थायी बासस्थान रहेको छ ।
नागरिकता नहुदाँ समस्यामा रहेकी सुकमायालाई नागरिकता प्रदान गरेपछि राज्यले दिने सेवा सुविधा लिन सहज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।