संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।
आईतबार राति भएको दुर्घटनामा तीन जना घाइते भएका छन्। चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर नगरपालिका–१ नुनढाकी नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
दुर्घटनामा परी चैनपुर नगरपालिका–१ मैदानेका वीरबहादुर लिम्बु र चैनपुर नगरपालिका–१ पैरेका १७ वर्षीय अनिष थक्लुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। दुर्घटनामा घाइते भएका चैनपुर नगरपालिका–१ सिङरीङका ३४ वर्षीय निमदोर्ची शेर्पा, ९ वर्षीय पेम्बा शेर्पा र पाँचथर फिदिम नगरपालिका–४ माझिटारका २८ वर्षीय दिपेश माझिलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान सुनसरी रेफर गरिएको छ।
मृतक दुवै जनाको शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुर पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।