लोड हुँदैछ...

मेनु

सुनचाँदीको मूल्यमा लगातार रेकर्ड, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सुनचाँदीको मूल्यमा लगातार रेकर्ड, प्रतितोला ३ लाख ९ हजार पुग्यो

विराटनगर । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम सोमबार पनि जारी रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एकै दिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अहिलेसम्मकै उच्च हो। यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम रहेको थियो । जुन त्यसबेला नै रेकर्ड मानिएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि तीव्र रूपमा बढेको छ। सोमबार चाँदी तोलामा २८५ रुपैयाँले बढ्दै प्रतितोला ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ६ हजार ४८० रुपैयाँ थियो। चाँदीको यो मूल्य पनि नेपाली बजारमा हालसम्मकै उच्च हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च रहेको छ। सोमबार सुन प्रतिऔंस ५ हजार ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा परेको व्यवसायीहरू बताउँछन्।

लगातारको मूल्यवृद्धिले गहना खरिदमा असर पर्ने संकेत देखिएपनि लगानीकर्ताको आकर्षण भने सुनतर्फ अझ बढ्दै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।