लोड हुँदैछ...

मेनु

नेप्से २ प्रतिशतले बढ्दा कारोबार रकममा उल्लेख्य वृद्धि

नेप्से २ प्रतिशतले बढ्दा कारोबार रकममा उल्लेख्य वृद्धि

विराटनगर । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि देखिएको नेप्से परिसूचक यस दिन भने ५७.५५ अंक बढ्दै २७७२.१७ विन्दुमा पुगेको हो । यससँगै सेन्सेटिभ इण्डेक्स ८.०५ अंक, फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंकले बढेको छ ।

नेप्से बढेसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। गत बिहीबार ९ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको बजारमा आइतबार ३३१ स्टकको १ लाख ३३ हजार ५२९ पटकको कारोबारमार्फत १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँ बराबरको ३ करोड ९ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ।

यस दिन ९ वटा स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन्। एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केवबलकार, हिमस्टार उर्जा, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी र त्रिशुली जलविद्युत कम्पनीका सेयर सकारात्मक सर्किटमा कारोबार भएका हुन्। यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने १०.५० प्रतिशत एभरेष्ट बैंक लिमिटेड डिबेञ्चर २०८५ को मूल्य सर्वाधिक ५.८० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदै ४३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यसपछि ग्रीन भेन्चर्सको साढे ३९ करोडभन्दा बढी र शिवम् सिमेन्ट्सको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

उपसमूहतर्फ सबै १३ वटै उपसमूहको परिसूचक बढेका छन्। तीमध्ये होटल तथा पर्यटन उपसमूह ३.३५ प्रतिशतले सर्वाधिक बढेको छ भने जलविद्युत, लगानी, जीवन बीमा तथा उत्पादन तथा प्रशोधन उपसमूहहरू २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।