विराटनगर । पश्चिम नेपालका अधिकांश भूभाग, काठमाडौं उपत्यका र पूर्वी पहाडका केही जिल्लामा आज पानी पर्ने तथा हिमाली जिल्लामा हल्का हिमपात हुने बताइएको छ ।
पश्चिमी वायुको प्रभावले आज वर्षा र हिमपात गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र कोशीका केही ठाउँमा हल्का वर्षा हुने बताइएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार माघ ९ गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने छ । त्यसपछि आज साँझपख सुदूरपश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षा सुरु हुने छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित मध्यम वर्षा हुने छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।