लोड हुँदैछ...

मेनु

सुनचाँदीको मूल्यमा गिरावट, तोलामा २ हजार ९ सयले घट्यो सुन

सुनचाँदीको मूल्यमा गिरावट, तोलामा २ हजार ९ सयले घट्यो सुन

विराटनगर । नेपाली बजारमा आज बिहीबार सुन–चाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १० हजार ४ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो ।

चाँदीको मूल्य पनि आज घटेको छ । बुधबार प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले कम हो ।

यसैबीच अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।