लोड हुँदैछ...

मेनु

जसपाका केन्द्रीय उपाध्यक्ष बज्राचार्य नेकपा प्रवेश

जसपाका केन्द्रीय उपाध्यक्ष बज्राचार्य नेकपा प्रवेश

काठमाडौंं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

बज्राचार्यसहित दर्जनौँ नेता कार्यकर्ताहरू आज नेकपा प्रवेश गरेका हुन्। उनीहरूलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल लगायतका शीर्ष नेताहरूले खादा र माला लगाएर पार्टीमा स्वागत गरे।

विचार मिल्ने शक्तिहरू बिचको एकताले नै मुलुकमा राजनीतिक स्थिरता र परिवर्तनको रक्षा गर्ने विश्वास व्यक्त गरे। उनले पछिल्लो समय पार्टीप्रति आकर्षण बढेको समेत जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।