लोड हुँदैछ...

मेनु

गगन–विश्वलाई कार्वाहीको तयारीमा काँग्रेसको देउवा समूह

गगन–विश्वलाई कार्वाहीको तयारीमा काँग्रेसको देउवा समूह

विराटनगर । विषेश महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएपछि नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाहीको तयारी गरेको छ।

भृकुटीमण्डपमा जारी विषेश महाधिवेशनमा उम्मेदवारी दर्ता भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी भएको हो ।

विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएर मनोनयनको अन्तिम सूची सार्वजनिक गरेपछि कार्र्वाही हुने नेताहरुले बताएका छन् । विषेश महाधिवेशनमा थापाले सभापतिमा उम्मेदवार दर्ता गराएका छन् भने शर्मा र प्रदिप पौडेलले महामन्त्रीमा उम्ममेदवारी दर्ता गराएका छन् । उम्मेदवारको सुची प्रकाशनको तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ ।

बुधबार विहान महामन्त्रीद्वय र सभापति देउवाबीच छलफल भएको थियो । यसअघि पूर्णबहादुर खड्कालाई दिएको कार्यबहाक कार्यान्वयन गर्नुपर्ने र देउवाले निस्क्रिय बस्नुतपर्ने मुख्य मागमा सहमति हुन नसकेको बताइएको छ । सहमति नजुटेपछि थापा र शर्माले महाधिवेशनस्थल पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्तापछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी फुटतर्फ अघि बढेको बताएका छन् । केन्द्रीय कार्य समिति बैठकमा लागि सानेपा पुगेका खड्काले उनको कार्यकक्षमा जम्मा भएका नेता कार्यकर्तालाई पछिल्लो वार्ताको ब्रिफिङ गर्दै पार्टी फुट्न लागेको बताएका हुन् ।

सभापति अधिकतम लचिलो हुँदा पनि महामन्त्रीहरूले नमानेको र उम्मेदवारी मनोनयन प्रक्रिया नै थालिसकेकाले अब फुटतर्फ गएको उनको भनाइ छ । अब बैठक बसेर आवश्यक कदम चाल्ने भन्दै उनले कार्वाहीको संकेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।