विराटनगर । सिन्धुलीको खुर्कोटबाट ५७ हजार अमेरिकी डलर (नेपाली ८२ लाख रुपैयाँ बराबर) सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा युवराज नेवारलाई पक्राउ गरेको हो ।
सिन्धुली गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी साधनहरूलाई चेक गर्ने क्रममा काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको टाटा सुमोमा सवार नेवारसँग रहेको कालो झोलामा ५७ हजार अमेरिकी डलर (१०० को नोट ५७० वटा) र नेपाली बाह्र हजार फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि सुमो चालक विक्रम लिम्बूलाई पनि नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । सिन्धुलीको घ्याङलेक–२ बस्तीपुर, हायुटारमा रहेको नेपाल एसबीआई बैंकमा मंगलबार राति लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको थियो । सोही क्रममा नेवार पक्राउ परेका हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।