विराटनगर । नेपाली कांग्रेसको सभापतिका लागि गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी विषेश महाधिवेशनमा सभापति पदको लागि थापाको एकल उम्मेदवारी परेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको बताइएको छ । सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् ।
जारी दोस्रो विशेष महाधिवेशनलाई सहमतिमा टुंगो लगाउने प्रयास विफल भएपछि निर्वाचन प्रक्रिया शुरू भएको हो । बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा भएको निर्णायक वार्ता निष्कर्षविहीन बनेको थियो ।
निर्वाचन हुने पदहरूमा विद्युतीय मतदानको व्यवस्था गरिने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । मनोनयन सकेर दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाश गर्ने उनले बताए । त्यसपछि विद्युतीय मतदानमार्फत नेतृत्व चयन हुने केसीको भनाइ छ ।
पार्टीका ५४ प्रतिशत महाधिवेशनको मागलाई पार्टी नेतृत्वले लत्याएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा विशेष महाधिवेशन आयोजना भएको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।