लोड हुँदैछ...

मेनु

कांग्रेस विशेष महाधिवेशनः साँझ ७ः३० बजेसम्म उम्मेदवारी दर्ता, बुधबार निर्वाचन

कांग्रेस विशेष महाधिवेशनः साँझ ७ः३० बजेसम्म उम्मेदवारी दर्ता, बुधबार निर्वाचन

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले आज साँझ ६ः३० देखि ७ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार उक्त समयपछि मनोनयनका लागि समय नथपिने र परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरिनेछ।

राति मतदान नहुने र बुधबार बिहानबाट कार्यक्रम निरन्तरता पाउने उनले स्पष्ट पारे। करिब ९ घण्टादेखि विशेष महाधिवेशनको बन्द सत्र जारी छ। चिया तथा खानाको ब्रेकसमेत नदिई सत्र सञ्चालन भइरहेको र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सम्पूर्ण समय बन्द सत्रमै रहेको जानकारी दिइएको छ।

बन्द सत्र अब करिब दुई घण्टा चल्ने र आज साँझ दुई महामन्त्रीको सम्बोधनपछि सत्र समापन हुने सचिवालयले जनाएको छ। निर्वाचन समितिले भने उम्मेदवारका लागि फाराम वितरण गरिरहेको छ।

अहिलेसम्म सभापति पदका लागि उम्मेदवारी दिने भन्दै चार जनाले फाराम लगेका छन्, । तर, फाराम लैजानेको विवरण मनोनयन दर्ताको समयमै अभिलेख गरिने समितिले जनाएको छ।

शुल्क संरचना अनुसार सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ तोकिएको छ । यस्तै, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ बुझाउनुपर्नेछ।

यसैबीच विवाद मिलाउन विशेष पक्ष र संस्थापन समूहबीच छलफल पनि जारी छ। छलफलको निष्कर्षअनुसार विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढ्ने बताइएको छ।

संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएकोमा अझै सुरु भएको छैन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का बैठक स्थगित गरी नेताहरूसँग छलफलमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।