लोड हुँदैछ...

मेनु

सुमन सायमीसहितका अभियान्ता नेकपामा प्रवेश गर्ने

सुमन सायमीसहितका अभियान्ता नेकपामा प्रवेश गर्ने

काठमाडौं । काठमाडौंका चर्चित अभियान्ता सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीसहित नेकपामा प्रवेश गर्न लागेका हुन् ।

सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिएका छन् । बुधधबार उनीहरु नेकपामा प्रवेश गर्नेछ । त्यसको लागि भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा कार्यक्रम राखिएको छ ।

सायमी २०७९ को स्थानीय निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयरमा उठेका थिए । त्यसबेला १३ हजार ७७० जना मत पाएका थिए । चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय भएर स्वतन्त्र तथा वैकल्पिक शक्तिलाई एकीकृत गर्ने प्रयासमा लागेका थिए ।

‘वैकल्पिक शक्ति भन्नेले सदनलाई रंगमञ्च बनाउने तयारी गरिरहेका छन्। बिना त्याग, तपश्या प्रधानमन्त्री घोषणा गरी बाँडफाँट गर्दै जानेविरूद्ध हामी एकीकृत हुँदैछौं,’ सायमीले भने, ‘हामीले उठाएका मुद्दा नेपाली कम्युनिस्ट पार्टीसँग मिल्ने भएकाले जान लागेका हौं।’

सायमी काठमाडौं कालीमाटीका हुन् । उनी काठमाडौंका रैथानेमाझ चर्चित छन् । सायमीसहित काठमाडौंको ठुलो पङ्क्ति नेकपामा प्रवेश गर्ने नेता हिमाल शर्माले जानकारी दिएका छन् ।

काठमाडौंको गुठी आन्दोलनबाट उदाएका सायमीसहित नेवाःअभियान्ताहरू र सहकारी पीडित सङ्घर्ष समितिका केन्द्रीय अध्यक्षसहित नेताहरू पार्टीमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।