लोड हुँदैछ...

मेनु

नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा बुढीगंगा गाउँपालिकाका विपन्नलाई कम्बल वितरण

नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा बुढीगंगा गाउँपालिकाका विपन्नलाई कम्बल वितरण

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकालाई ५० थान ब्ल्याङ्केट (कम्बल) सहयोग गरेको छ । तराईमा बढ्दो शीतलहर र अत्यधिक चिसोबाट प्रभावित स्थानीय सीमान्तकृत, विपन्न तथा असहाय नागरिकहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको हो ।

बुढीगंगा गाउँपालिकाका प्रमुख जीत नारायण थापाको विशेष अनुरोधमा परिसंघले जाडोयाममा आवश्यक परेका नागरिकहरूका लागि ती कम्बलहरू प्रदान गरेको हो । सोमबार परिसंघको कोशी प्रदेश सचिवालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच परिसंघका महानिर्देशक विजय हरि शर्माले गाउँपालिकाका प्रतिनिधिहरूलाई औपचारिक रूपमा कम्बल हस्तान्तरण गरे ।

कम्बल हस्तान्तरण गर्दै महानिर्देशक शर्माले परिसंघले उद्योग व्यवसायका अलावा समुदायसँग सहकार्य गर्दै यस्ता सामाजिक कार्यहरूलाई विगतका वर्षहरूमा जस्तै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा बुढीगंगा गाउँपालिकाका प्रतिनिधिहरूले परिसंघको सहयोगप्रति आभार प्रकट गर्दै प्राप्त कम्बलले वास्तविक लक्षित वर्गलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरे । परिसंघले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विगतका वर्षहरूमा पनि यस्ता मानवीय सहयोगका कार्यहरू गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।