काठमाडौँ । मनिष लिम्बू (हेल्लोक)नेतृत्वको लिम्बूवान क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भएको छ। सोमबार दुई पार्टीबीच दुई बुँदे सहमति भएसँगै लिम्बूवान क्रान्तिकारी पार्टी नेकपामा बिलय भएको हो ।
सहमति पत्रमा नेकपाका तर्फबाट संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)र सहसंयोजक माधवकुमार नेपाल तथा लिम्बूवान क्रान्तिकारीका तर्फबाट अध्यक्ष मनिष लिम्बू ुहेल्लोकु ले हस्ताक्षर गरेका छन् ।
पार्टी एकताका लागि भएका दुई बुँदे सहमतिमा लिम्बूवानले उठाउँदै आएका राजनीतिक मुद्दाहरूलाई नेकपाको आन्तरिक जनवादभित्र छलफल र बहसमार्फत टुंगो लगाउने उल्लेख गरिएको छ । त्यसैगरी, लिम्बूवान क्रान्तिकारी पार्टीका सबै तहका कमिटी र नेता(कार्यकर्ताहरूलाई सम्मानका साथ उपयुक्त ढंगले नेकपाका विभिन्न संरचनामा समाहित गर्ने सहमति पनि भएको छ ।
एकता कार्यक्रममा बोल्दै नेताहरूले यस एकताले मुलुकको कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउने र पहिचान तथा अधिकारका मुद्दाहरूलाई संस्थागत गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।