लोड हुँदैछ...

मेनु

सुनचाँदीको मूल्यमा हालसम्मकै उच्च

सुनचाँदीको मूल्यमा हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

सुनको मूल्य तोलको २ लाख ७४ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । सुनको मूल्य एकैदिन तोलामा चार हजार १०० रुपैयाँले बढेको हो ।

चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । सोमबार एक तोला चाँदी किन्न ग्राहकले पाँच हजार १९५ रुपैयाँ तिर्नुपर्नेछ । आइतबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार थियो । चाँदीको मूल्य एकैदिन तोलामा २०५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।