विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै मुलुकको अर्थतन्त्रमा सुधार नआउने भन्दै आफू विदेश भ्रमणमा नजाने बताएका छन् ।
मन्त्री पुनले यसअघि आफूलाई तीनवटा वैदेशिक भ्रमण र कार्यक्रमको निमन्त्रणा आएको र नगएको जनाउँदै अहिले पनि दुईवटा निमन्त्रणा आएकामा नजाने
सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ । विदेश घुमेर अर्थतन्त्र बन्छ ?’, मन्त्री पुनको प्रश्न छ ।
यता, विदेश भ्रमणको विषयका कारण युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ता भने विवादमा तानिए पछि उनले यस्तो प्रतिक्रिया दिएका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।