विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित सलकपुरमा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–४ स्थित कसेनी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कमल कोइराला रहेका छन् ।
मोरङ प्रहरीका अनुसार बिहीबार साँझ सलकपुर बजार नजिकै रहेको कञ्चनजङ्घा आल्मुनियम तथा ग्लास हाउस अगाडि पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बसले कोइराला सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका कोइरालालाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।