काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशको मौसमी प्रणालीमा फेरबदल आएको हो।
यसको प्रभावले हाल देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।
महाशाखाले आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु र कुहिरो कायमै रहने जनाएको छ। जसका कारण तराईको जनजीवन र यातायात सेवामा सामान्य असर पर्न सक्ने देखिएको छ।
यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा दिउँसो आंशिक बदली रहने अनुमान गरिएको छ। देशका बाँकी पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।