लोड हुँदैछ...

मेनु

नेप्से सामान्य अंकले बढेर बन्द, कारोबार रकम भने घट्यो

नेप्से सामान्य अंकले बढेर बन्द, कारोबार रकम भने घट्यो

विराटनगर । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको नेप्से परिसूचक बढेर बन्द भएको छ।

अघिल्लो दिन बुधबार घटेर बन्द भएको बजार यस दिन सामान्य अंकले सुधार देखाउँदै बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले उकालो लागेको छ।

परिसूचक बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन सान्भि इनर्जीको सेयरमूल्य सबैभन्दा धेरै ८.१६ प्रतिशतले बढेको छ। त्यस्तै, एसवाई प्यानल नेपालको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा धेरैले बढ्दा अन्य कम्पनीहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। मूल्य घटेका स्टकहरूको गिरावटदर पनि ४ प्रतिशतभन्दा कममा सीमित भएको छ।

कारोबार रकमका आधारमा बिहीबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २० करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा सान्भि इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।

बजारका १३ उपसमूहमध्ये बिहीबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा सामान्य सुधार देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।