लोड हुँदैछ...

मेनु

दुई हजार रुपैयाँले घटयो सुनको मूल्य

दुई हजार रुपैयाँले घटयो सुनको मूल्य

काठमाडौं । विहिबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला दुई लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन तोलाको दुई लाख ६७ हजार ७०० रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।

चाँदी प्रतितोला चार हजार ८३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला चार हजार ९३५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।