लोड हुँदैछ...

मेनु

काठमाडौं लप्सीफेदीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं लप्सीफेदीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेमा १ पुरुष र ३ महिला छन् । मृतकहरूको पहिचाल खुलिसकेको छैन । अहिलेसम्म नेपाल मेडिकल कलेजमा उपचाररत ५५ वर्षीया शान्ती गुप्ताको मात्रै पहिचान खुलेको छ ।

बस चालक ध्रुव रेग्मी घाइते भएका छन् । उनको उपचार हुँदै छ । घाइतेहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु र नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।