काठमाडौँ । आगामी २४ घण्टामा तराईका अधिकांश भू–भागमा बाक्लो हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसममा केही फेरबदल देखिएको हो।
महाशाखाले सार्वजनिक गरेको मौसम बुलेटिन अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। यी क्षेत्रबाहेक देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। यद्यपि, तराईका धेरैजसो स्थानमा भने दिउँसो पनि हुस्सु र कुहिरोको प्रभाव कायम रहनेछ।
आज रातिको मौसम पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले तराईका धेरै स्थानमा हुस्सु लाग्ने बताएको छ। पहाडी तथा हिमाली भू(भागमा भने रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ।
तराईमा लाग्ने बाक्लो हुस्सुका कारण पारदर्शिता कम भई सडक तथा हवाई यातायात र जनजीवनमा समेत सामान्य असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
आजको मौसम : तराईका धेरै स्थानमा हुस्सु लाग्ने


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।