काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोराका सांसद छोरा निकोलस मदुरो गुएराले अमेरिकाले आफ्ना बुवाआमालाई पक्राउ गरेका विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छन्। उनले पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका हुन् ।
अमेरिकी हमलाको आलोचना गर्दै उनले कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने आगामी दिनमा विश्वका कुनै पनि मुलुक सुरक्षित नहुने चेतावनी दिएका छन्।
मदुरो गुएराले भनेका छन्, ‘यदि कुनै देशको राष्ट्रपतिको अपहरणलाई सामान्य बनाइयो भने कुनै पनि मुलुक सुरक्षित हुनेछैन।’
‘यो क्षेत्रीय समस्या मात्र होइन नभएको भनदै उनले विश्वव्यापी राजनीतिक स्थिरताका लागि प्रत्यक्ष खतरा रहेको समेत बताए ।
मदुरो गुएराले अमेरिकासँग आफ्ना आमाबाबुको रिहाइ माग पनि गरेका छन्।
अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी काराकासमा हमला गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई अमेरिका लगेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।