काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ९ जना मध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन । घाइते मध्ये ३ जनाको उपचार भइरहेको उनले बताए ।
जुरीखेतमा आइतबार साँझ यात्रुवाहक सुमो दुर्घटना भएको थियो । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा दुर्घटनामा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक घाइते भएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।