दमक । झापाको दमक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोपाल गुरागाईँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा भगवान् बस्नेत विजयी भएका छन् भने प्रथम उपाध्यक्षमा रुबल अधिकारी निर्वाचित भएका छन्।
संघको द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा र तृतीय उपाध्यक्षमा सुवास गड्तौला निर्वाचित भएका छन्। महिला उपाध्यक्ष पदमा सङ्गीता तुम्बापो विजयी भएकी छन्। कार्यसमिति सदस्य खुल्लातर्फ कुलबहादुर श्रेष्ठ, कुमार श्रेष्ठ, चिरन न्यौपाने, टङ्कप्रसाद आचार्य, भरत दुलाल र सहदेब भट्टराई निर्वाचित भएका छन्। बस्तुगत तर्फका कार्यसमिति सदस्यमा कृष्णराज दाहाल, खेमराज पाण्डे, गोकुल खड्का, टङ्कप्रसाद ढकाल, डुका कुमाल, बुद्धि शेखर बजगाईँ र हेमसागर अधिकारी विजयी भएका छन्।
कार्यसमिति सदस्य महिला तर्फ उर्मिला गुरुङ र सङ्गीता प्रसाईँ निरौला निर्वाचित भएका छन्। लेखा समिति संयोजकमा भेनस श्रेष्ठ निर्वाचित हुँदा सदस्यहरूमा राजुकुमार अधिकारी र रूपक सापकोटा विजयी भएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।