लोड हुँदैछ...

मेनु

२१ सयले घट्यो सुनको मूल्य

२१ सयले घट्यो सुनको मूल्य

काठमाडौं ।आइतबार नेपाली बजारमा सुन तोलामै २१ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ छ ।

गत साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा दुई लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आाज चाँदी तोलाको २५ रुपैयाँले घटेर चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने चार हजार ५२५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।